प्लाज्मा थेरापी उपचारका लागि ३ डाक्टर सहित १६ जनाद्धारा रक्तदान

१६ भाद्र,तुल्सीराम भण्डारी ।
कोरोना संक्रमितको प्लाजमा थेरापीबाट उपचार गर्नका लागि कोरोना जितेका कपिलवस्तु अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले रक्तदान गरेका छन । नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु र रुपन्देहीको सहकार्यमा कपिलवस्तु अस्पतालमा रक्तदान गरेका हुन । कोरोना जितेका कपिलवस्तु अस्पतालमा मेसु डाक्टर किशोर बन्जाडे सहीत ३ डाक्टर, अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी सहीत अस्पतालका १४ जनाले प्लाज्माकालागि रक्तदान गरेको अस्पतालका डाक्टर गणेश क्षेत्रीले बताए । २ जना अस्पताल बाहिरका कारोना जितेका ब्यक्तीले समेत रक्तदान गरेका थिए ।२ पटक संक्रमित भई निको भएकी स्टाफ नर्स र उनका भाईले समेत रक्तदान गरेका थिए । कोरोना भाईरस संक्रमितले संक्रमणालई जित्नकालागि शरीरमा एन्टीबोडी निर्माण भएको हुन्छ । त्यही शरीरमा उत्पादन भएको एन्टीबोडी रगतमा भएको प्लाजमालाई शिकिस्त बनेका कोरोना संक्रमितलाई थेरापीको माध्यमबाट दिईने डाक्टर क्षेत्रीले बताए । कोरोना जितेका पुर्व संक्रमितहरुको शरीरमा एन्डीबोडी निर्माण भएको हुन्छ । रगतमा रहेको प्लाज्मा उपचारमा सहयागी हुने उनले बताए ।

अहिले प्लाज्मा थेरापी नेपालमा प्रभावकारी भएको उनले बताए । बुटवलको प्रादेशिक अस्पतालमा यो प्रबिधिबाट उपचार सूरु भइस्केको छ । यस अघि त्यहा पनि १४प्वान्ट रगत सकलन भएको थियो । प्लाज्मा थेरापीकालागि आफु सहीत आफना सहकर्मी र अस्पतालका कर्मचारीहरुले रक्तदान गर्न पाउदा निकै खुशी लागेका मेसु बन्जाडेले बताए । File Photo : Google

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।