१५ भाद्र,काठमाण्डौ ।
नेपालमा कोरोनाभाईरसको संक्रमण तीब्र रुपमा फैलिएको छ । बितेको २४ घण्टामा ८ सय ९९ जनामा कोरोना पुष्टी भए संगै देशभर अहिले सम्म संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको हो ।
देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ जना रहेका छन् । जस मध्य संस्थागत आईसोलेसनमा १० हजार ७ सय १ जना रहेका छन् भने बाँकी होम आईसोलेसनमा रहेका छन् ।
भेन्टिलेटरमा १६ जना रहेका छन् भने आईसियुमा एक सय ३२ जना रहेका छन् । हाल सम्म कोरोना मुक्त भई २१ हजार ४ सय १० जना घर फर्किएका छन् । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।






