मेयर विद्यासुन्दर शाक्यलाई कोरोना पोजेटिभ

१५ भाद्र,तुल्सीराम भण्डारी ।
काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिन अघि स्वाब दिएका उनमा सोमबार कोरोना संक्रमण पुष्टि भएको शाक्यको सचिवालयले जनाएको छ । उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । शाक्य अहिले घरमा आइसोलेसनमा बसेका छन् । उनमा कोरोना संक्रमणको लक्षण नदेखिएको समेत बताइएको छ ।शाक्य पत्नीको रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ ।काठमाण्डौमा कोरोनाको संक्रमण बढे संगै बिभिन्न कार्यालय प्रमुखहरु सहित भिआईपिहरुमा समेत कोरोनाको संक्रमण पुष्टी हुन थालेका छन् । दुई दिन अघि मात्रै ब्यापारि बिनोद चौधरीलाई कोरोनाको संक्रमण पुष्टी भएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।