११ भाद्र,काठमाण्डौ ।
नेपालमा दिनप्रति दिन कोरोनाभाईरसको महामारी बढ्दो क्रममा छ । बिहिबार मात्रै देशभर १ हजार १ सय ११ जना नया संक्रमित थपिए संगै राजधानी काठमाण्डौमा कोरोनाको खतरा देखा परेको हो । राजधानी काठमाण्डौंमा दैनिक रुपमा कोरोना संक्रमण तीव्र हुदै गएको छ । कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लागु हुदाको बाबजुद पनि संक्रमण तीव्र मात्रामा बढीरहेका छन् ।
बितेको २४ घण्टामा मात्रै काठमाण्डौमा ३ सय ७७ जना संक्रमित पुष्टी भएको छ । जस मध्य २ सय ७० काठमाण्डौमा, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना थपिएका छन् ।
उपत्यकामा मात्रै संकमितको संख्या ४ हजार हाराहारी पुगेको बताईएको छ । बुधबार ३ सय १ संक्रमित थपिएको थियो ।






