१० भाद्र,काठमाण्डौ ।
नेपालमा केहि जिल्लाहरुमा निषेधाज्ञा जारी छ । एक साताको लामो निषेधाज्ञापछि पनि देशमा कोरोनाभाईरसको संक्रमणमा कमी आएको छैन,उल्टै दिनप्रतिदिन बढ्दो देखिएको छ । राजधानी तथा अत्याधिक जनघनत्व रहेको काठमाण्डौं उपत्यकामा बितेको २४ घण्टामा अहिले सम्मकै सबैभन्दा धेरै संक्रमित ३ सय १ जना थपिएका छन् ।
काठमाण्डौमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ उपत्यकामा संक्रमितको संख्या ३६ सय हाराहारी पुगेको छ । काठमाण्डौ जिल्लामा मात्रै ३ हजार बढी संक्रमित पुगेका छन् । मृत्यु समेत बढीरहेको देखिएको छ ।
उपत्यकामा भदौ ३ गतेदेखि जारी लकडाउन भदौ १७ गते सम्म कायम राख्ने निर्णय भएको छ ।निषेधाज्ञा लागू भए पछि पनि संक्रमित भने घटेको देखिएको छैन । देशभर ३४ हजार भन्दा बढी संक्रमित पुगेका छन् । भने,१ सय ७५ जनाको मृत्यु भईसकेको छ ।







