९ भाद्र,काठमाण्डौ ।
विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोना भाईरसको संक्रमण बढीरहेको र यो शुरुवात मात्र भएको भन्दै अझै भयावहको स्थिति आउने चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि डा. जोश भ्यालेन्डरले आगामी हप्ता वा महिनामा ठूलो मात्रामा संक्रमणका केसहरु देखा पर्ने चेतावनी दिए । स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा प्रशारित अन्तर्वार्तामा उनले अब
मर्ने व्यक्तिको संख्या पनि बढ्ने, बढी उमेरका व्यक्तिहरु बढी संक्रमित देखिएको पनि बताए । नेपाल शुन्य दशमलव १ प्रतिशतमा मात्रै सीमित रहेको भन्दै उनले आत्ति हाल्न भने नहुने डा. भ्यालेन्डरले सुझाए । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना प्रतिकार्यमा आवस्यक सहयोग गरीरहेको पनि उनले बताए ।






