९ भाद्र,काठमाण्डौ ।
कोरोनाभाईरसको महामारीका कारण नेपालमा संक्रमण नियन्त्रण बाहिर गईसकेको छ । दैनिक रुपमा ८ सय देखि १ हजार नया संक्रमित पुष्टी भएका छन् भने ५ देखि १० जनाको मृत्यु भईरहेको छ ।बितेको २४ घण्टामा नेपालमा कोरोना भाईसको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना पुरुष र एक महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा काठमाडौंका ३ जना रहेका छन् । काठमाडौंका ७४ र ६६ वर्षीय पुरुष र ७१ वर्षीया महिला छन् । त्यसैगरी सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ र ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ । File Photo






