९ भाद्र,काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ३ सय २७ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । अब कुल सक्रिय संक्रमित १४ हजार २ सय ५० जना
रहेका छन् । त्यस मध्य ५ हजार ६ सय ६९ होम आईसोलेसनमा रहेका छन् । कोरोना जीतेर आज ३ सय १३ जना घर फर्किएका छन् । यो सगैँ डिस्चार्ज हुनेको संख्या १९ हजार एक सय १९ पुगेको छ । क्वारेन्टाईनमा १० हजार ४ सय ५३ जना रहेका छन् । देशभर अहिले सम्म ६ लाख २१ हजार ९ सय ३ जनाको अहिले सम्म पिसिआर परीक्षण भएको छ ।






