८ भाद्र,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना पुष्टी भएको छ । यो सगैँ देशभर संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । देशभर १० हजार २ सय ३४ जनाको परीक्षणमा सो संख्यामा संक्रमित फेला परेका हुन् । आईसीयुमा जम्मा एक सय ३८ जना रहेका छन् ।
यस्तै भेन्टिलेटरमा १५ जना रहेका छन् । उनीहरु सबै बागमति प्रदेशका रहेका छन् । देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ रहेका छन् । त्यस मध्य ९ हजार ९ हजार एक सय ५४ जना रहेका छन् । बाकीँ ४ हजार ४ सय ६१ संक्रमित होम आईसोलेसनमा रहेका छन् । क्वारेन्टाईनमा ११ हजार २ सय ७५ रहेका छन् । यस्तै कोरोना मुक्त भई डिस्चार्ज हुनेहरुको संख्या १८ हजार ८ सय ६ रहेका छन् । पछिल्लो २४ घण्टामा एक सय ७५ जना रहेका छन् ।






