नेपालमा थप ८ सय १८ जनामा कोरोना पुष्टी

७ भाद्र,काठमाण्डौ ।
नेपालमा आज २४ घण्टामा ८ सय १८ जना कोरोना संक्रमित थपिएका छन । देशभरका ३९ वटा ल्याबमा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ कुल संक्रमित ३२ हजार नजिक पुगेको छ । अहिलेको कुल संख्या ३१ हजार ९ सय ३५ पुगेको छ । आज काठमाण्डौ उपत्यकामा मात्रै एक सय ६६ जना संक्रमित आज थपिएका छन् । सक्रिय संक्रमितको संख्या १३ हजार एक सय ५५ रहेको छ । ती मध्य ९ हजार २ सय १२ संस्थागत आईसोलेसनमा रहेका छन् भने बाँकी होम आईसोलेसनमा रहेका छन् । हाल सम्म १८ हजार ६३१ कोरोना जीतेर घर फर्किएका छन् । आज मात्रै २ सय ८१ जना डिस्चार्ज भएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।