नेपालमा कोरोनाले एकदिनमा ११ को मृत्यु,कुल संख्या १ सय ३७ पुग्यो

५ भाद्र,काठमाण्डौ ।
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने क्रम बढेको छ । पछिल्लो २४ घण्टामा देशभर ११ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३७ पुगेको छ । शुक्रबार मृत्यु हुने मध्ये एक महिला र १० पुरुष रहेका छन् । मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठान गरेर ११ जिल्लामा एक(एकजना गरेर ११ जनाको मृत्यु भएको हो । अझै पनि सय भन्दा बढी बिरामी आईसियुमा रहेका, केही भेन्टिलेटरमा रहेका र लक्षण सहितका संकमित बढ्दै गएको र होम आईसोलेसनमा समेत मृत्यु हुने घटना देखिएकाले थप जोखिम बढेको देखिन्छ । File Photo

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।