५ भाद्र,काठमाण्डौ ।
नेपालमा निरन्तर कोरोना संक्रमित बढ्ने क्रम जारी छ । देशका अधिकाशं भागमा निषेधाज्ञा जारी गरिए पनि कोरोना नियन्त्रित हुन सकेको छैन । आज देशभरका ३९ वटा ल्याबमा १३ हजार ५ सय ८९ बढीमा गरिएको पिसिआर परीक्षणमा जम्मा ८ सय ३८ जना संक्रमित देखिएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ८२ सहित देशभर ८३८ जना संक्रमित फेला परेको
जानकारी दिए । उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।क्वारेन्टाईनमा १२ हजार २ सय ३४ जना रहेका छन् । देशभरी सक्रिय संक्रमितको संख्या १२ हजार एक सय ३२ रहेको छ । यस्तै आज २ सय ५० जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुको संख्या १८ हजार २ सय १४ पुगेको छ ।






