३ भाद्र,एजेन्सी,
मालीमा असन्तुष्ट सेनाले विद्रोह गरेको छ । असन्तुष्ट सेनाले विद्रोह गरेर राष्ट्रपति ईब्राहिम बुबाकार केटालाई हिरासतमा राखेको छ भने प्रधानमन्त्री बोबु सिसेलाई समेत हिरासतमा लिएको बिबिसीले बताएको छ । मालीको राजधानी बामाको नजिकै रहेको महत्पूर्ण सैन्य शिविरमा शुरुमा गोलीको आवाज आएको र पछि असन्तुष्ट सेनाले कमाण्डरलाई कब्जा गरेर विद्रोह गरेर सैनिक क्याम्प नै
नियन्त्रणमा लिएर विद्रोह थालेका थिए ।यो हल्ला फैलिएसगैँ मालीमा सरकार विरोधी प्रदर्शनमा यस अघि देखि नै उत्रिएका आन्दोलनकारीले सरकारी भवनहरुमा आगो लगाउन थालेका थिए ।आन्दोलनकारीले राष्ट्रपकिो राजीनामाको माग गर्दै आएका थिए । यसैबीच राष्ट्रपति ईब्राहिमले हिरासतबाटै राजीनामा दिएको र संसद विघटन गरेको खबर छ ।







