२ भाद्र,काठमाण्डौ ।
नेपालमा कोरोनाभाइरसको संक्रमणले नयाँ रेकर्ड बनाएको छ । चैत्र देखी सुरु भएको लकडाउनका बिच बितेको २४ घण्टामा अहिले सम्मकै सर्बाधिक धेरै संक्रमित पुष्टी भएको हो । आज एक हजार सोह्र जना कोरोनाभाइरसको नयाँ संक्रमित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो ।देशभरका ३९ वटा प्रयोगशालामा १३ हजार एक सय ६१ जनाको पिसिआर परीक्षण गर्दा ती संक्रमित
देखा परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ कुल संक्रमितको २८ हजार २ सय ५७ संख्या पुगेको छ । काठमाण्डौ मोरगं, पर्सा लगायतका जिल्लामा आज एकै दिन एक सय बढी संक्रमित थपिएको प्रवक्ता डा. गौतमले जानकारी दिए । नेपालमा लगातार कोरोना संक्रमित बढेसगैँ देश निकै जोखिम तर्फ अघि बढेको छ ।
अहिले सक्रिय संक्रमित १० हजार ५ सय ६३ रहेका छन् । २ हजार ८ सय ८७ जना होम आईसोलेसनमा छन् । क्वारेन्टाईनमा १३ हजार ६ सय ६५ जना रहेका छन् । आज मात्र ८५ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । यो सगैँ १७ हजार ५ सय ८० जना कोरोनामुक्त भएका छन् । संक्रमण मुक्त हुनेको प्रतिशत ६२ प्रतिशत बढी छ । कोरोनाले हाल सम्म नेपालमा एक सय १४ जनाको मृत्यु भएको छ ।







