प्रेस काउन्सिल कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी नियुक्त

काठमाडौं ।
नेपाल सरकारले प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा किशोर श्रेष्ठलाई हटाउएर दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । उनलाई दुई दिन अघि मात्र प्रेस काउन्सिलको सदस्यमा नियुक्त गरिएको थियो । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले भण्डारीलाई नियुक्त गरेको हो । भण्डारी प्रेस चौतारीको पुर्ब केन्द्रिय सचिब समेत हुन् ।श्रेष्ठको काउन्सिलको सदस्य पद भने यथावत नै रहेको छ । प्रेस काउन्सिल ऐन, २०४८ को ६ (१) कअनुसार नेपाल सरकारले गठन गर्ने काउन्सिलमा ‘सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता वा पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिहरूमध्येबाट नेपाल सरकारबाट मनोनीत व्यक्ति अध्यक्ष हुने’ व्यवस्था छ ।

त्यसै गरी, प्रेस काउन्सिल ऐन, २०७५ (मस्यौदा) को परिच्छेद २ को ३ (२) क मा ‘सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेका, वरिष्ठ अधिवक्ता वा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्ति मध्येबाट कम्तिमा ४५ वर्ष उमेर पुगेकाव्यक्ति अध्यक्ष हुने’ प्रस्ताव गरिएको छ । (फोटोःनबनियुक्त कार्यबाहक अध्यक्ष भण्डारी राष्ट्रपति दिध्यादेबी भण्डारी संग एक समारोहमा ।)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।