१ भाद्र,काठमाण्डौ ।
कोरोना कहरका बिच प्रतिक्षित माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सोमबार साँझ प्रकाशित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को आन्तरिक मुल्याङकनका आधारमा परिक्षाफल प्रकाशित गरेको हो ।यो बर्ष कुल चार लाख ८२ हजार नौ सय ६ जना विद्यार्थीले परीक्षको लागि आवेदन भरेकोमा चार लाख ७२ हजार ७८ जनाको मात्रै नतिजा आएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
एसईईको नतिजा टेलिफोन, एसएमएस र वेबसाइटमार्फत हेर्न सकिनेछ ।