१ भाद्र,काठमाण्डौ ।
चितवन राप्ती नगरपालिका वार्ड नम्बर १ स्थित पिप्लेमा एक राउण्ड हवाई फायर भएको छ । निषेधाज्ञाको समयमा भिडभाड गरेको र स्थानिय दुई पक्षबिच झडप हुने अवस्था आएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो । हवाई फायर भएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले पुष्टि गरेका छन् । घटनाको पूर्ण विवरण आउन बाकीँ छ ।