नेपालमा थप ५ सय ८१ जना कोरोना पुष्टी, कुल २७ हजार नाघ्यो

१ भाद्र,काठमाण्डौ ।
नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ । यस क्रममा देशभरका ३९ वटा ल्याबमा ११ हजार ३ सय २० जनामा गरिएको परीक्षणमा ५ सय ८१ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।आज उपत्यकामा मात्रै एक सय ६८ जना संक्रमित थपिएका छन् । जस अनुसार काठमाण्डौमा एक सय ३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना रहेका छन् ।देशभर सक्रिय संक्रमित ९ हजार ६ सय ३९ जना रहेका छन् । त्यस मध्य अस्पताल अन्तर्गतका आईसोलेसनमा ७ हजार ३८ जना रहेका छन् भने अन्य होम आईसोलेसनमा रहेका छन् ।यस्तै आज एक सय ६० जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।हाल सम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ९५ जना रहेका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ७ पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।