३० साउन,तुल्सीराम भण्डारी
गुल्मी जिल्लाको रिडी-रुद्रबेणी-वामी सडक खण्ड अन्तर्गत पर्ने सत्यवति गाउपालिका स्थित उल्लिखोला नजिकैको स्थानमा पटकपटक सडक अवरुद्द हुने गरेको छ । विशेष गरी वर्षायाम शुरु भए पछि मुल सडक बढिगाड खोलाले डुबाउने र सहायक सडकको अवस्था अत्यन्तै जिर्ण भएकोले सवारी तथा यात्रीहरुले सास्ती भोग्नुपरेको छ ।
सडक डिभिजन कार्यालय, पाल्पाका इन्जिनियर राम बिहारी चौधरीले सो सडक निर्माणको लागि रेसुङ्गा कन्ट्रक्सनलाई १ करोड रुपैँयाको ठेक्का दिइएको र केहि समयमा काम शुरु हुने बताए पनि। सत्यवति गा.उ.प.कै“पटक पटक लेते खोलाले दुख दिने भएकोले पक्कि पुल नै दिर्घकालिन समाधान हो ।”, चौधरीले भने, “पक्की पुलको लागि डिभिजन कार्यालयले सिफारिस गरिसकेको छ ।”
यसै क्षेत्रका संघिय सांसद प्रदिप ज्ञवाली तथा प्रदेश सांसद सुदर्शन बराल दुबै मन्त्री पदमा रहेको र तेस्तै चन्द्र भण्डारी र गोकण बिष्टको गृह जिल्ला पनि हो । सडकको हालत यस्तो हुनु दु:खद रहेको स्थानियहरुको भनाइ छ।







