२९ साउन,काठमाण्डौ ।
नेपालमा पछिल्ला तथ्यांकका हिसाबले कोरोनाको उच्च जोखिममा रहेको बताइएको छ । दिनप्रतिदिन कोरोना संक्रमितमा तिब्र बृद्दि हुदै दैनिकजसो १० जना सम्मको मृत्यु हुदै आएपछि जोखिम बढेको हो । यसैबिच सरकारले आजबाट पुनः सवारी पास वितरण बन्द गरेको छ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि जिल्ला प्रशासन कार्यालयबाट जारी हुँदै आएको
सवारी पास वितरण नगर्न निर्देशन दिएको हो ।मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोभिड १९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै आज बिहीबारदेखि लागू हुनेगरी जिल्ला प्रशासनले दिदैं आएको पास वितरण बन्द गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।गृहले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो ।
गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेबाट लागू हुने गरी सवारी पास वितरण नगर्न भनेको हो ।’हालसम्म जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्को व्यवस्था लागू नभएसम्मका लागि साउन २९ देखि सवारी पास वितरण नगर्नू, नगराउनुहुन आदेशानुसार अनुरोध छ,’ गृह मन्त्रालयले सवारी पास वितरण रोक लगाएकोबारे जारी गरेको सूचनामा लेखिएको छ ।
सरकारले कोरोना संक्रमण सुरु भएपछि र लकडाउनको अवधिमा एक जिल्लाबाट अर्को जिल्लामा आउनरजानका लागि प्रशासन कार्यालयबाट सवारी पास वितरण गर्दै आएको थियो । पछिल्लो समय मुलुकभर कोरोना भाइरसको संक्रमण फैलिएसँगै त्यसरी जारी गरिँदै आएको सवारी पास वितरणमा रोक लगाइएको हो ।File Photo







