नेपालमा २४ घण्टामा ३ सय ३८ जनामा कोरोना पुष्टी,मुलुक थप जोखिममा

२७ साउन,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका ३७ वटा प्रयोगशालामा १० हजार ४ सय ६२ जनामा गरिएको परीक्षणतमा ती संक्रमितहरु फेला परेका हुन् । योसँगै नेपालमा संक्रमितको संख्या २३ हजार ९४८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।नेपालमा दिन दिनै कोरोनाको जोखिम बढीरहेको छ । उपत्यकामै बढीरहेको संक्रमणले अझ चुनौती थपिएको सरोकारवालाहरुले बताएका छन् । सक्रिय संक्रमितको संख्या सात हजार २ सय १ रहेको छ ।अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ६६४ पुगेको छ । कोरोना बाट हाल सम्म ८३ जनाको मृत्यु भईसकेको छ । अहिले देशैभर कोरोनाको जोखिम बढेको सम्बन्धित सरोकारवाला र बिशलेषकहरुले बताउदै आएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।