गोंगबु हत्याकाण्ड : विष खुवाएर मारेपछि शव व्यवस्थापनका लागि काटिएको आंसका

२६ साउन,काठमाण्डौ ।
काठमाण्डौ स्थित गोंगबु चोकमा आईतबार बिहान भेटिएको शबको पहिचान भएसंगै हत्यामा संलग्नको आंशकामा चितवनको टाँडी बाट कल्पना शाहीलाई पक्राउ गरी प्रहरीले काठमाण्डौ ल्याएको छ । प्रहरीले शबको पहिचानका लागि फोटो सार्बजनिक गरेको केहि समयमा नै मृतकका मामा प्रहरीको सम्पर्कमा पुगेपछि घटनाको अनुसन्धान अगाडी बढेको थियो ।शबको पहिचान पछि हत्या भएको स्थान सम्म प्रहरी पुग्न सफल भएपछि चितवनमा कल्पना पक्राउ परेकी हुन् । प्रारम्भिक अनुसन्धानमा दाङका कृष्ण बहादुर बोहराको बिष सेवन गराएर मृत्यु भएपछि उनको शब ब्यबस्थापनका लागि घाँटी र दुबै खुट्टा काटिएको हुन सक्ने आंसका गरिएको छ । प्रारम्भिक अनुसन्धानमा कल्पनाको फ्ल्याटमा हत्या भएको खुलेको छ । उनले बोहराको हत्या गरेर शब ब्यबस्थापन गरी आईतबार साँझ चितवन गएको खुल्नमा आएको छ ।

शब आइतबार विहान शाही बस्दै आएको घरबाट ५० मिटर पर सुटकेशमा प्याक गरेको अवस्थामा भेटिएको थियो । शव फेला परेको २ सय मिटरको दुरीमा प्रहरीको तालिम प्राप्त जोजो नामक कुकुरले जेब्रा झोलामा प्याक गरेर छाडेको टाउको र दुईवटा खुट्टा भेट्टाएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।