२४ साउन,काठमाण्डौ ।
काभ्रेमा एक २१ वर्षीया युवतीले क्वारेन्टिनमा आत्महत्या गरेकी छन् । जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ४ घर भई हाल गाउँपालिकाकै क्वारेन्टिनमा बसेकी युवतीले शुक्रबार दिउँसो झुण्डिएर आत्महत्या गरेकी हुन् । गत साउन १६ गते दुबईबाट नेपाल आएकी उनलाई क्वारेन्टिनमा राखिएको थियो । पोष्मार्टमका लागि शवलाई धुलिखेल अस्पताल ल्याउने तयारी भइरहेको बताए ।
उनको मृत्यु भएसँगै आफन्तले क्वारेन्टिन व्यवस्थापनको लापरवाहीले यस्तो घटना भएको बताउँदै आक्रमण गरेका छन् । आक्रोशित भिडले स्वास्थ्य कार्यालयको झ्याल ढोका तोडफोड गर्नुका साथै भण्डारण गरी राखेको औषधि फालिदिएका छन् । सांकेतिक तस्विरःगुगल







