२२ साउन,काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ । बिहीबार थप २३३ जना डिस्चार्ज भएका छन् । कोरोना भाइरसका कारण नेपालमा मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।






