प्रचण्डको ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टी

२२ साउन,काठमाण्डौ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डको निवासमा कार्यरत ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । परिवार निकट श्रोतले दिएको जानकारी अनुसार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष परिवारका सबै सदस्यको कोरोना परीक्षण गरिएको थियो । कोरोना परीक्षणको परिणाम आएपछि ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको हो ।सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिए पनि प्रचण्ड परिवारका सदस्यहरमा भने संक्रमण भेटिएको छैन । निवासमा कार्यरत कुन दर्जाका सुरक्षाकर्मीमा संक्रमण देखिएको भने खुल्न सकेको छैन । यसअघि सभामुख अग्नी सापकोटाको निवासमा कार्यरत सुरक्षाकर्मीमा समेत कोरोना देखिएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।