२० साउन,काठमाण्डौ ।
नेपालमा कोरोनाभाईरस (कोभिड-१९)को संक्रमण तिब्र रुपमा फैइलिरहेको छ । बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु देखि सभासदलाई कोरोना संक्रमण पुष्टी भैइसकेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयका १५ जना कर्मचारीलाई समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आयोगका जनसम्पर्क तथा सञ्चार विज्ञ शरद अधिकारीका अनुसार १ सय ८० जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण देखिएकामध्ये धेरैजसो प्रहरी रहेको अधिकारीले जानकारी गराए । उनका अनुसार प्रहरी प्रधान कार्यालयबाट काजमा आयोग आएका एक जना सईमा कोरोना पुष्टी भएपछि आइतबार बिहान कार्यालयमै प्रमुख आयुक्त नवीन घिमिरेसहितको स्वाब संकलन गरिएको थियो ।






