नेपालमा २४ घण्टामा थप ४ सय १८ जनामा कोरोना पुष्टी

१९ साउन,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा थप ४ सय १८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ७५० पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ३५८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ९६१ पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।