९ साउन,काठमाण्डौ ।
बिहिबार साँझ काठमाण्डौको सीतापाईलामा एक युवतीमाथि एसिड प्रहार भएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीका अनुसार उनको गालामा र हातमा एसिड परेको छ र अहिले कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइहेको छ ।एसीड प्रहार गर्ने दुई जनालाई काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले
डल्लुबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् । उनीहरु बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ परेका हुन् ।उनीहरुले केटीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड प्रहार गरेको बताएको प्रहरीले जनाएको छ ।पिडित युबतीले एसिड प्रहार गर्ने व्यक्तिहरुलाई नचिनेको बताएकी छिन् । प्रहरीले सीसीटीभी फुटेजमा देखिएको हुलियाको आधारमा दुई जनालाई पक्रन सफल भएको हो ।






