नेपालमा थप १ सय जनामा कोरोना पुष्टी,संक्रमितको संख्या १८ हजार नाघ्यो

७ साउन,काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । यो संगै देशभर कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर सो पुष्टी गरेका हुन् ।यस्तै २४ घण्टामा २ सय ७ जना कोरोनाबाट निको भएका छन्। गौतमले बताए । त्यस्तै अहिले सम्म कुल १२ हजार ६ सय ८४ जना कोरोनामुक्त भएको पनि मन्त्रालयले जनाएको छ । नेपाल सरकारले मंगलबार मध्यरात देखी नै देशैभर लकडाउन अन्त्य समेत गरेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।