कोरोनाले नेपालमा चिनिया महिलाको मृत्यु

७ साउन,काठमाण्डौ ।
नेपालमा कोरोनाभाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चिनिया महिला हुन् । पहिलोपटक कोरोनाले बिदेशी नागरिकको मृत्यु भएको हो । ४९ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ । हाल पोखरामा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि प्रभू एयरको हेलिकप्टरमा शुक्रबार काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याइएसँगै धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएकी उनमा कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ रिफर गरिएको थियो । त्यही उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पताल स्रोतको भनाइ छ । नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो पटक हो । यद्यपी स्वास्थ्य मन्त्रालयले यसबारे औपचारिक जानकारी भने दिइसकेको छैन । यो संगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४१ पुगेको छ । यस्तै संक्रमितको १७ हजार ९९४ पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।