५ साउन,चितवन ।
नारायणी नदीमा पानीको बहावले खतराको तह पार गरेको छ । नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जल सतहले खतराकाे तह पार गरेको हो ।सो क्षेत्रमा ३:३६ काे समयमा पानीको सतह ९.०३ मिटर पुगेको छ । पानीको सतह ८ मिटर पार गर्यो भने खतराको तह मानिन्छ ।
निरन्तरको वर्षाले नारायणीको बहाव बढेपछि नारायणी नदिकिनारमा राखिएको दुइओटै हात्तीको प्रतिमा अर्थात् मुर्ति समेत बगाएको छ ।पानीको सतह बढ्दै गएकोले चितवन र नवलपरासीको नारायणी तटीय क्षेत्रका उच्च जाेखिममा रहेका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।






