२९ असार,काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै कुल संक्रमित संख्या १६ हजार ९ सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विगत २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा उक्त संख्यामा कोरोना संक्रमित थपिएको बताए ।
यस्तै २४ घण्टामा पाँच हजार आठ सय ५६ जनाको पिसिआर गरिएको गौतमले जानकारी दिए । सोमबारसम्म क्वारेन्टिनमा २३ हजार चार सय ७० जना रहेको पनि प्रबक्ता गौतमले जानकारी गराएका छन् । यसैगरी आइसोलेसनमा ६ हजार ६ सय १३ जना रहेको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा अहिले सम्म कोरोनाले ३८ जनाको मृत्यु भैइसकेको छ भने कोरोना निको भएर घर फर्कनेको संख्या १० हजार २ सय ९४ जना पुगेका छन् ।






