नेपालमा कोरोना संक्रमण घट्दै गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको अपडेटले बताउछ । तर,एकै दिनमा कोरोनाले ३ जनाको मृत्यु भएको छ । शनिबारको अपडेटमा काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाके पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३८ पुगेको हो । शनिबार थप ७० जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ ।






