नेपालमा कोरोनाको संक्रमण घट्दो,२४ घण्टामा ७० जनामा पुष्टी

२७ असार,काठमाण्डौ ।
नेपालमा केहि दिन दैनिक करिब ८ सय सम्म कोरोना संक्रमित पुष्टी भएको थियो । बिस्तारै संक्रमित संख्या झर्दै गर्दा पछिल्लो २४ घण्टामा नयाँ ७० जनामा मात्रै कोरोनाको संक्रमण पुष्टी भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । साथै शनिबार ४ सय ३१ जना निको भएर घर फर्केको पनि मन्त्रालयले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।