फेसरिडर अर्जुन क्षत्री पक्राउ

२६ असार,काठमाण्डौ ।
सामाजिक संजालमा फेसरिडरका नामले चिनिएका अर्जुन क्षत्री पक्राउ परेका छन् । उनी बेला-बेलामा पक्राउ पर्दै सामान्य तारेखमा छुट्दै आइरहेका छन्। उनले बेला-बेलामा देशका बिरुद्द गर्ने भबिष्यबाणीका कारण पक्राउ पर्दै आएका छन् । यसपटक क्षत्री ज्योतीष र भबिष्यवाणीका कारण नभई ठगीको आरोपमा पक्राउ परेका हुन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार पक्राउ गरेको हो । आफुलाई फेसरिडर र चर्चित ज्योतीष बताउदै आएका क्षत्रीले आफुलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको आरोपमा क्षत्रीलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै क्षत्रीसहितको टोलीले चार करोड मागेका थिए । बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिल्यो । उक्त ५० लाख रुपैयाँ लिन जाँदा क्षत्रीसहित तीनजना अख्तियारको फन्दामा परेका हुन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।