नेपालमा कोरोनाले ३५ को मृत्यु,निको हुनेको संख्या ६ हजार

२३ असार,काठमाण्डौ ।
नेपालमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार थप १ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेका हुन् । मन्त्रालयका अनुसार बागलुङका २९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३५ पुगेको हो । मन्त्रालयका अनुसार सोमबार थप १८० जनामा कोरोना संक्रमण देखिएको छ भने २६४ जना कोरोना जितेर घर फर्किएका छन् । हालसम्म संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ भने निको हुनेको संख्या ६ हजार ८११ पुगेको छ । मन्त्रालयका अनुसार रेड जोनमा ५१९ जना रहेका छन्।यस्तै सोमबार काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण देखिएको छ। मास्कबिन घर बाहिर ननिस्कन मन्त्रालयले अनुरोध गरेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।