नेपालमा १६ हजारको नजिक कोरोना संक्रमित

२२ असार,काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८० जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । यो संगै कुल संक्रमित संख्या १५ हजार ९ सय ६४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले सो जानकारी गराएका हुन् ।यस्तै अहिले सम्म ६ हजार ८ सय ११ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । आज मात्रै देशभरका विभिन्न अस्पतालबाट २ सय ६४ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । कोरोनाको कारण नेपालमा हालसम्म ३४ जनाको मृत्यु भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।