काठमाडौं / नेकपा भित्र ब्यापक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामाको माग भइरहेका बेला ओली भने अस्पतालमा पुगेका छन् । उनि बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा नियमित स्वास्थ्य परिक्षणका लागि पुगेका हुन् । प्रधानमन्त्रीको नियमित स्वास्थ्य परीक्षणका लागि गंगालाल पुगेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् । ओली बालुवाटारमा जारी नेकपा स्थायी कमिटी बैठकमा समेत उपस्थित थिए ।






