नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४

१६ असार,काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ३ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थप ६ सय १६ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले नयाँ संक्रमित ३ सय १६ जनासहित देशभर संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको जानकारी दिए ।संक्रमितमध्ये अहिलेसम्म ३ हजार १ सय ९४ जना उपचारपछि घर फर्किएका छन् भने २९ जनाको मृत्यु भएको छ ।नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।