१५ असार, हेटौंडा ।
बुहारीको ज्यान लिएको अभियोगमा समातिएका ४ जनालाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मलेन गरी ५८ वर्षिय ससुरा प्रकास थापा, ५५ वर्षिय सासु तुलशा थापा र नन्दहरु २७ वर्षिया दुर्गा थापा र २३ वर्षिया सीता थापालाई सार्वजनिक गरेको हो ।
घरायसी विवादका साथै मानसिक यातना, यौनजन्य कारण र आर्थिक कारण रहेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । सुसुरा प्रकाश र नन्द सीतालाई ज्यान लिएको अभियोग लागेको छ भने सासु तुलसा र नन्द दुर्गालाई ज्यान लिन सहयोगी भूमिका खेलेको अभियोग लागेको छ ।
गत असार २ गते हेटौंडा उपमहानगरपालिका स्थित सूर्यचोकमा २४ वर्षिया सुस्मिता केसीको ज्यान लिइएको थियो । घर परिवारले काठको लौरो र ढुङ्गा प्रहार गरी बुहारीको ज्यान लिइ प्रहरीलाई खबर गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







