नेपालमा थप ५५४ जनामा कोरोना पुष्टी संक्रमित संख्या १२ हजार ३ सय ९

१३ असार,काठमाण्डौ ।
नेपालमा बितेको २४ घण्टामा १२० जना महिला र ४३४ जना पुरुष गरी जम्मा ५५४ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । जसमध्ये १३ सय ६९ जना महिला र १० हजार ९ सय ४० जना पुरुष छन् ।यस्तै थप १३६ जना निको भएर घर फर्केका छन् । उनीहरुमध्ये १८ जना महिला र ११८ जना पुरुष छन् । हालसम्म संक्रमणमुक्त भएर डिस्चार्ज हुनेहरुको संख्या २ हजार ८ सय ३४ जना पुगेका छन् । यस्तै शनिबार नै कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत कोरोनाको कारण भरतपुर अस्पतालमा १ जना बिरामीको मृत्यु भएको बताए । मृत्यु हुनेमा कैलाली गोदावरीका ५० वर्षीय पुरुष रहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।