चितवनमा उपचाररत कोरोना संक्रमितको मृत्यु

१३ असार, चितवन ।
भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विहिबार राति कोरोना संक्रमण पुष्टि भएका उनलाई भरतपुर अस्पतालको आईसोलेसनमा राखि उपचार गरिएको थियो । उनको उपचारका क्रममा शनिबार बिहान ९ बजे मृत्यु भएको हो ।अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार कैलालीको लालगढ नगरपालिका वडा नम्बर ७ गोदावरीका उनी उपचारका शिलशिलामा भारत गएका थिए । क्यान्सरको उपचारका लागि भारत गएका उनी फर्कीएर आउने क्रममा स्वास्थ्यमा समस्या देखि पछि चितवन मेडीकल कलेजमा उपचारका लागि ल्याईएको थियो । उपचारका क्रममा उनको स्वाब परिक्षण गरिएको थियो ।भरतपुर कोभिड १९ प्रयोगशालाले उनलाई कोरोना संक्रमण पुष्टि गरेको थियो । कोरोना पुष्टि गरे संगै भरतपुर अस्पताल सारेर उनको उपचार गर्दै गर्दा मृत्यु भएको पौडेलले जानकारी दिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।