नेपालमा थप ५९३ जनामा कोरोना पुष्टी

१२ असार,काठमाण्डौ ।
आज विभिन्न जिल्लामा थप ५ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप ५ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले विभिन्न जिल्लामा थप ५ सय ९३ जनाका संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार अब देशभर संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।संक्रमितमध्ये २ हजार ६ सय ९८ जना उपचारपछि घर फर्किएका छन् भने २७ जनाको ज्यान गएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।