१० असार,काठमाण्डौ ।
विश्वभर कोरोनाभाइरसको संक्रमण पुनःबढ्न थालेको छ । लकडाउन खुकुलो भए लगत्तै संक्रमित र मृत्युदरमा समेत वृद्दी भएको छ ।पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ६२ हजार ९ सयभन्दा बढि व्यक्ति संक्रमित हुँदा ५ हजार ४ सय ६५ जनाको मृत्यु भएको छ ।जसमा सबैभन्दा बढि संक्रमण र मृत्यु ब्राजिलमा भएको छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा ४० हजार १ सय ३१ जनामा
संक्रमण पुष्टि भएको छ भने १ हजार ३ सय ६४ जनाको मृत्यु भएको छ ।अमेरिकामा ३६ हजार १५ व्यक्ति संक्रमित हुँदा ८ सय ६३ जनाको मृत्यु भएको छ । भारतमा १५ हजार ६ सय ६५ जनामा संक्रमण पुष्टि हुँदा ४ सय ६८ जनाको मृत्यु भएको छ ।मंगलबार मात्रै रुसमा ७ हजार ४ सय २५ जना संक्रमित भएका छन् भने १ सय ५३ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ४ हजार ५ सय ७७ जना संक्रमित थपिदा ७ सय ५९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा दक्षिण अफ्रिकामा ४ हजार ५ सय १८ जनामा संक्रमण पुष्टि हुँदा १ सय ११ जनाको मृत्यु भएको छ । पाकिस्तानमा ३ हजार ९ सय ४६ जना संक्रमित थपिएका छन् भने १ सय ५ जनाको मृत्यु भएको छ ।नेपालमा भने पछिल्लो २४ घण्टामा ५ सय ३८ जना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।
नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको छ भने २४ जनाको मृत्यु भएको छ ।जोन हपकिन्स विश्वविद्यालयका अनुसार विश्वभर बुधबार बिहानसम्ममा ९२ लाख ३७ हजार ६ सयभन्दा बढि ब्यक्ति संक्रमित भएका छन् भने ४ लाख ७६ हजार ९ सय ११ जनाको मृत्यु भएको छ ।







