विश्वभर कोरोना संक्रमित बढ्दो,एकै दिनमा १ लाख ६२ हजार नयाँ संक्रमित

१० असार,काठमाण्डौ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो एक महिना यता झनै तिब्र गतिमा फैलिएको छ । अधिकांश मुलुकहरुले लकडाउन खुकुलो बनाएसँगै कोरोनाको संक्रमणदर ह्वात्तै बढेको हो ।लकडाउन कायम राख्दासम्म दैनिक एक लाख संक्रमित भेटिने गरेकोमा पछिल्लो एक महिना यता दैनिक १ लाख ५० हजारभन्दा बढि संक्रमित थपिने गरेका छन् ।छिमेकी मुलुक भारतमा लकडाउन खुकुलो नबनाउदासम्म दैनिक २ देखि ३ हजार ब्यक्ति कोरोना संक्रमित हुने गरेका थिए । अहिले दैनिक १४ देखि १५ हजार नयाँ संक्रमित थपिने गरेका छन् ।
मंगलबार मात्रै एकै दिनमा विश्वभर १ लाख ६२ हजार ९ सयभन्दा बढि व्यक्ति संक्रमित भएका छन् । पाँच दिनअघि जुन १९ मा १ लाख ८२ हजार २ सयभन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको थियो ।

विश्व स्वास्थ्य संगठनले कोरोनाको महामारी झनै चिन्ताजनक अवस्थामा पुगेको बताएको छ । उसले सबै मुलुकलाई सचेत हुन आग्रह गर्दै अत्ति प्रभावित देशहरुलाई लकडाउनका विषयमा सोच्न समेत अपिल गरेको छ । लकडाउन खुकुलो बनाउदा संक्रमण भयावह रुपमा फैलिएको, सामाजिक दुरी कायम नभएको लगायतका कारणले संक्रमण तिब्र गतिमा फैलिएको विश्व स्वास्थ्य संगठनको ठहर छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।