नेपालमा थप ५ सय ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार नाघ्यो

९ असार,काठमाण्डौ ।
नेपालमा आज ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज ५ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार आज भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।नेपालमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २४ जनाको मृत्यु भईसकेको छ भने २ हजार २२४ जना स्वास्थ्योपचार पछि निको भएका छन् । आज मात्रै ७६ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।