नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टी बीच वार्ता

५ असार,काठमाण्डौ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)बीच वेभ कन्फरेन्स भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता सोङ ताओसहितको टोलीबीच आज भिडियो वार्ता भएको हो ।नेकपा र सिपिसीबीच नेपाल चीन सम्बन्ध, कोरोना भाइरसविरुद्धको विश्वव्यापी अभियान, दुईपार्टीबीचको सम्बन्धलगायतका विषयमा छलफल भएको छ । नेकपा र सिपिसीबीचको भिडियो वार्तामा दुवै पार्टीका अन्य नेताहरुबीच पनि छलफल भएको थियो । चिनियाँ वरिष्ठ कूटनीतिज्ञ ताओ सिपिसीको अन्तर्राट्रिय सम्पर्क विभागको प्रमुखको रुपमा कार्यरत छन् । उनी विभिन्न देशको राजदूत पनि भइसकेका चिनियाँ राजनीतिज्ञ हुन् ।

कार्यशाला चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग र नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुल विभागले आयोजना गरेको हो । पार्टी र देशलाई परिचालन गर्ने अनुभव आदान प्रदान गर्न कार्यशाला आयोजना गरिएको थियो । भर्चुअल कार्यशालाका विषयमा नेकपाको विदेश विभागलाई भने कुनै जानकारी नभएको भन्दै असन्तुष्टि जनाइएको छ ।

स्कुल विभाग प्रमुख तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कार्यशालाका लागि संयोजन गरेका थिए । कार्यक्रममा विदेश विभाग प्रमुखसमेत रहेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि बोलाइएको छैन ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।