५ असार,काठमाण्डौ ।
नेपालमा गत २४ घण्टामा थप ४ सय २६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । यो समेत कुल संक्रमित संख्या ८ हजार २ सय ७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा सो पुष्टी गरिएको हो । यसैगरी कोरोनाको निको भएर घर फर्कनेको संख्या १ हजार ४ सय २ पुगेको छ ।शुक्रबार मात्रै २ सय १६ जना डिस्चार्ज भएका मन्त्रालयले जानकारी गराएको छ । यस्तै अहिलेसम्म कोरोना भाइरसका कारण २२ जनाको मृत्यु भएको छ ।






