कुवेतबाट फर्किएका २ महिलामा कोरोना पुष्टी

५ असार,काठमाण्डौ ।
कुवेतबाट जेठ २९ गते स्वदेश फर्किएकी २ महिलामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्रोतका अनुसार कुवेतबाट फर्केकी २२ वर्षकी महिलामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उनी चितवनकी हुन् ।कुवेत सरकारले जेठ २९ गते जहाज चार्टर्ड गरी पठाइदिएको १०२ नेपालीमध्ये उनी पनि एक हुन् । गत आइतबार त्यही समूहकी अर्की महिलामा पनि संक्रमण पुष्टि भएको थियो । उनीहरू भक्तपुरको खरीपाटीस्थित क्वारेन्टिनमा छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।