कार्यान्वनयमा आएन जोर विजोर प्रणाली

३ असार,चितवन ।
कोराना भाईरस रोकथाम तथा नियन्त्रणको लागी चितवनको स्थानीय प्रशासनले लागू गरेको जोरबिजोर प्रणाली कार्यान्वयनमा आउन सकेको छैन । सोमबार जोर विजोर प्रणालीलागू गरेको भनिए पनि मङ्गलबार जिल्ला भर निर्वाध रुपमा सवारी साधन सञ्चालनमा आएका छन् । नेपाल सरकारले जोरबिजोर प्रणाली लागु गरेसंगै जिल्ला प्रशासन कार्यलय चितवनले पनि सूचना जारी गर्दै जिल्लामा जोर विजोर प्रणाली लागू गरेको जनाएको थियो । ठूला सवारी साधन तथा दुई पाङ्ग्रे सहितका निजी सवारी साधनमा समेत लागू गरिएको जोर विजोर प्रणाली चितवनमा कार्यान्वयनमा नआएको हो ।
चितवनको मुख्य प्रवेशद्वार पुलचोकमा मंगलबार चेकजाँच विना नै निर्वाध रुपमा सवारी साधनहरु गुडिरहेको दृश्य देख्न सकिन्थ्यो ।

जिल्ला भित्रिने सवारी साधन तथा बाहिरिने सवारी साधनका साथै जिल्ला भित्र सञ्चालन हुने सवारी साधनहरु निर्वाधरुपमा सञ्चालनमा आएका थिए । यद्यपि चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जोर विजोर प्रणाली पूर्ण रुपमा कार्यान्वयनमा आएको बताए ।

उनले जोर विजोर प्रणाली सञ्चालनमा अनुगमन भइरहेको तथा उल्लङ्घन गर्नेलाई कानुनी कारबाही गरिने समेत बताए । जोर विजोर प्रणालीलाई कडाइको रुपमा लागू गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले बताए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।